आज चिया दिवस

Hariyo-Patti-Tipddai-365x250काठमाण्डौ । ‘गुणस्तरीय चिया अक्सन बजार र चिया उद्योगको रक्षाको लागि’ भन्ने नाराका साथ आज चिया दिवस मनाईँदैछ । १९ औ चिया दिवसका अवशरमा झापाको बिर्तामोडमा बिशेष कार्यक्रम हुँदैछ । दिवसको कृषि मन्त्री हरिबोल गजुरेलले उद्घाटन गर्ने कार्यक्रम छ । २०५४ सालदेखि बैशाख १५ गते चिया दिवस मनाउने थालिएको हो । किसान, उद्यमी र व्यवसायीलाई प्रोत्साहन गर्न दिवसको अवसर पारेर प्रदर्शनी समेत राखिएको छ ।
चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले प्रदर्शनीमा २५ वटा स्टल रहेको जानकारी दिए । झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमलाई सरकारले चिया पकेट क्षेत्र घोषणा गरी उत्पादन तथा विस्तार गरिरहेको छ ।

१५ वैशाख २०७३, बुधवार ०४:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु