१ हजार एक सय इन्जिनियर भुकम्प प्रभिावित १९ जिल्लातर्फ

imagesकाठमाण्डौँ । सरकारले भूकम्प अत्ति प्रभावित जिल्ला १ हजार एक सय इन्जिनियर खटाएको छ । उनीहरु आज प्रभाबित जिल्ला प्रस्थान गर्दैछन । प्रज्ञा भबनमा बिहान साँढे १० बजे बिशेष कार्याक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गर्ने कार्याक्रम छ ।  अनुदान पाउन योग्य पहिचान गरिएका १९ जिल्लामा निजी आवास निर्माणमा प्राविधिक सहयोग गर्नेगरी १ हजार एक सय इन्जिनियरलाई पठाउन लागिएको हो ।  राष्ट्रिय पुनर्निर्माण प्रधाकिरण, सहरी विकास मन्त्रालय, भवन निर्माण विभाग र भूकम्प प्रविधि राष्ट्रिय समाजका विज्ञले हिजो र अस्ति तालिम दिएर तयार बनाएका इन्जिनियरहरुले गाउँ पुगेर भूकम्प प्रतिरोधी निजी आवास निर्माणमा प्राविधिक सहयोग पुर्याउनेछन् ।  सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइले एक हप्ताभित्र तालिम पाएका इन्जिनियर सम्बन्धित जिल्लामा पुगिसक्ने जनाएको छ ।  अमेरिकी सहयोग नियोग यूएसएडको आर्थिक सहयोगमा तालिम पाएका इन्जिनियरले गर्ने जाँचका आधारमा सरकारले भूकम्पप्रतिरोधी घर निर्माण गर्न तीन चरणमा दुई लाख रुपैयाँ अनुदान उपलव्ध गराउनेछ ।

१५ वैशाख २०७३, बुधवार ०४:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु