३ जना भारतीयको नेपाली नागरिकता खारेज
काठमाण्डौँ । सरकारले झुटो विवरण पेश गरेर रुपन्देहीबाट नेपाली नागरिकता लिने ३ जना भारतीय नागरिकको नागरिकता खारेज गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा मंगलवार बसेको मन्त्रिपरिषद बैठकले भारतीय नागरिकहरु महेन्द्रकुमार मिश्र, अनिलकुमार मिश्र र सतिशकुमार मिश्रको नेपाली नागरिकता खारेज गरिएको हो । यस्तै बैठकले केही सहसचिवहरुको सरुवा समेत गरेको छ । गोरखापत्र प्रकाशनको सम्झनामा सिक्का निकाल्न राष्ट्र बैंकलाई स्विकृत समेत दिइएको छ । यसैगरी गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा जनकलाल तिवारीलाई नियुक्त गरिएको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले राजिनामा दिएपछि बोर्डको कार्यकारी उपाध्यक्ष पद खाली थियो ।
१४ वैशाख २०७३, मंगलवार १०:१० बजे प्रकाशित