यहि २१ गतेलाई बजेट अधिवशेन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाण्डौँ । सरकारले संसदको बजेट अधिवशेन यहि २१ गते बिहान ११ बजे बस्ने गरी बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा मंगलवार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको प्रमुखमा दुर्जकुमार राईलाई बढुवा गरेको छ । राइलाइ कायममुकायमबाट प्रमुखमा बढुवा गरिएको हो । सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संसद आव्हान गर्ने संवैधानिक व्यवस्था छ । यसअघि सभामुख ओनसरी घर्तीले पनि आउँदो २१ गते अधिवेशन बोलाउन राष्ट्रपति समक्ष परामर्श प्रस्ताव पठाउनुभएको थियो ।

१४ वैशाख २०७३, मंगलवार १०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु