रसुवा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको परकम्प
मंगलवार दिउँसो रसुवालाई केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको परकम्प गएको छ । दिउँसो ३ बजेर १८ मिनेटमा रसुवाको गोसाइकुन्ड आसपासक केन्द्रिबन्दु भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का रसुवा र नुवाकोट सहितका जिल्लामा महसुस भएको थियो ।
यो संगै गएको बर्षको विनाशकारी भुकमप पछि ४ म्याग्निच्युड भन्दा माथीका ४५१ परकम्प गैसकेका छन । यसअघि गएको आईतवार नुवाकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको परकम्प गएको थियो ।
१४ वैशाख २०७३, मंगलवार ०८:२२ बजे प्रकाशित