प्राकृतिक सम्पदाको संरक्षणका लागि युवा सचेतना अभियान

visit-palpa-nepalपाल्पा, १४ चैत । पाल्पा सिलुवाका युवाहरु हात्तीलेक क्षेत्रमा रहेका सम्भावित खानी, जडीबुटी र पशुपक्षीजन्य पदार्थको संरक्षणमा जुटेका छन । उनीहरुले सिलुवाको हात्तीलेक सामुदायिक वनबाट भइरहेको चोरी निकासी र सम्भावित खानीबाट हुन लागेको दोहनलाई रोक्न हात्तीलेक सहकारीले युवा सचेतना अभियान, २०७२ नै सुरु गरेका हुन । ऐतिहासिक तथा पर्यटकीय सम्भावना बोकेको हात्तीलेकमा तामा, सिसा, चुनढुङ्गा र फलामका खानी रहेको बताइन्छ ।  हात्तीलेक क्षेत्र आसपासका विभिन्न स्थानलाई सम्भावित खानीको नामबाट सिसाखानी, तामाखानी नामाकरण समेत गरिएको छ । तर प्राविधिक रुपमा सो क्षेत्रको अनुसन्धान भने हुन सकेको छैन

१४ चैत २०७२, आइतवार ०५:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु