रामेछापका युवा गाई पालनमा जम्दै
रामेछाप, १४ चैत । रामेछापका युवाहरु गाई पालन ब्यवसाय तर्फ आर्कषित हुन् थालेका छन् । डेढ बर्षअघि ५ ओटा गाईबाट व्यवसाय थालेका दुई युवा कृषकले हाल मासिक ७५ हजार रुपौँया आम्दानी गरिरहेका छन् । डुर्मीबोट ४ रामेछापका कृषक दोय पदम मुग्राती र दिनेश मुग्रातीले संयुक्त रुपमा गाई पालन व्यवसाय गर्दै आएका हुन् ।
उनिहरुको गाई फर्ममा हाल माउ बाच्छा सहित ३० ओटा गाई रहेका छन् । ति मध्ये ९ ओटा गाई दुधालु रहेका छन् । हरेक दिन प्राय गोठधन्दामा ब्यस्त देखिने उनिहरु यो ब्यवसायबाट आफुहरु सन्तुष्ट रहेको बताउछन् । ३ लाख रुपौयाको लगानीमा ब्यवसाय सुरु गरेका उनिहरुले हाल मन्थली नगरपालीका १ सुकाजोरको मन्नरेपानीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । शिवशक्ति गाई फर्म र सिता गाई फर्मको नाममा दर्ता गरी उनिहरुले ब्यवसाय सञ्चालन गर्दै आएका हुन् ।
ब्यवसाय सञ्चालनका लागी जिल्ला पशु सेवा कार्यलय रामेछापबाट गत बर्ष १ लाख रुपौँया अनुदान स्वरुप पाएका थिए । सोहि अनुदानको रकमले गाई फर्मलाई अझ ब्यवस्थित बनाएको उनिहरुको भनाई छ ।
आफुहरुले पहिले व्यवसाय सञ्चान गरेका ठाउँमा पनीको समस्या भएकाले अहिले फर्म मन्नरेपानीमा सार्नु परेको फर्मका सञ्चालक पदम मुग्रातीले बताए । “घरधन्दा चलाउनलाई व्यावसाय चलाउनै पर्याे व्यवसाय चलाउनलाई पानीको समस्य तेसैले फर्मनै सारेका हौ ”उनको भनाई । गाईलाई घाँस भने जिल्लाकै खिम्ती,मालुखोला तथा देबीटारबाट ल्याउने गरिएको उनिहरुको भनाई छ । ”अर्का कृषक दिनेश मुग्राती दैनिक ५०–६० लिटर दुध अहिले मन्थली बजारमा निर्यात गर्ने गरेको बताउछन् । पहिले पहिले दुधको बजार राम्रो नभएपनि अहिले भने बजार राम्रो रहेकाले निक्कै सहज भएको छ ।
अहिले बजारमा दुध प्रति लिटर ४५ देखि ५० रुपौँया सम्ममा बिक्रि भैरहेको छ । – रामहरि श्रेष्ठ
१४ चैत २०७२, आइतवार ०५:१६ बजे प्रकाशित