एसएलसी परीक्षाको तयारी पुरा

काठमाडों, १४ चैत । e23c1018801a63220bd6155e97e818a0यहि चैत १८ गते दखि शुरु हुने यस वर्षको एसएलसी परीक्षाको सम्पुर्ण तयारी पुरा भएको छ ।परीक्षाको आवश्यक सम्पुर्ण तयारी पूरा गरिएको बताउँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताएका छन ।  यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गरिने भएको छ । परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ ।
यस बर्ष एसएलसी परिक्षामा ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुँदैछन ।
यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ १ लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् । यसैगरी प्राविधिकतर्फ ३ हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् ।
सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् । यसवर्षको परीक्षाका लागि देशभर १ हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

१४ चैत २०७२, आइतवार ०५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु