आवासभन्दा पहिले पानी देउ

Untitledरामेछाप , १४ चैत । रामेछाप पकरवासका भुकम्प पिडितले आवास भन्दा पहिले पानीको उचीत प्रवन्ध मिलाईदिन सरकारसंग माग गरेका छन । गएको बैशाख १२ कोे बिनाशकारी भुकम्पका कारण घर छेउछाउमा भएका कुवा तथा ईनार सुकेका त्यस क्षेत्रमा खानेपानीको थप संकट परेको हो । पकरवास गाबिस भरिनै खानेपानीको हाहाकार भएपनि बिशेषगरी २ र ४ नम्बर वडाका सर्बसाधारणहरु बढि मारमा परेका छन ।
गाउँबाटबाट झन्डै ३ घन्टाको ओरालो हिडेर कर्कले खोलामा रहेको सानो कुवामा घन्टौ लगाएर लाईन बसी पानी भर्नु पर्ने बाध्याता रहेको स्थानियको गुनासो छ ।
“ हामीलाई सरकारले घर भन्दा पनि पहिले खाने पनिको ब्यवस्था गरिदिए हुन्थ्यो । पानीनै नभए घर कसरी बन्छ र ? खाने पानीकै त समस्या छ । ” पकरवास ४ का मनकुमारी श्रेष्ठले बताईन । भुकम्पले भन्दा पनि खाने पनीको समस्याले ज्यादा पिरोलिरहेको उनिहरु बताउछन् । “पानीनभए कसरी बाच्ने तेसैले पनी ल्याउनलाई राती समेत सुत्न पाएको छैनौँ – वडा नम्बर २ का मिश्रा नेवारको गुनासो छ । पकरवासमा खानेपानीको समस्या धेरै पहिले देखीकै भएपनि भुकम्पका कारण थप समस्या बढेको हो । – रामहरि श्रेष्ठ

१४ चैत २०७२, आइतवार ०६:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु