‘स्वतन्त्र’ शब्दको प्रयोग
रघुनाथ बजगाँई, चैत २०७२ । स्वतन्त्र संस्थाका नाममा ग्रामिण भेगका गाविस/वडा देखी राजधानी काठमाण्डौँ महानगरपालिका सम्म बिभिन्न खाले संगठन खोलीएका छन । संसदमा प्रतिनिधित्व गर्ने जति राजनितिक दलहरु छन, सबैले आफ्ना भातृ संगठन खोलेका छन । आफ्नो हैसियत अनुसार ट्रेड युनीयनहरु बनाएका छन । दलैपिछ्यका बिद्यार्थी संगठन, पत्रकार संगठन, किसान संग, महिला संघ लगायतका संस्थाहरु पनि क्रियाशिल छन । ति सबैले समाजसेवी, गैर नाफामूलक र गैरराजनीतिक संस्थांका रुपमा आफ्ना बिधान बनाएका छन । स्वतन्त्रता तथा अधिकारकै लागि संगठित भएको उनीहरुको रटान पनि दोहोरीरहन्छ । राजनितिक दलका कतिपय भातृ संगठनहरुले नाम जुराउँदै ‘स्वतन्त्र’ शब्दलाई झुण्ड्याएको देखिन्छ । पत्रकारिता संग संवन्धित संस्थाहरुलाई भने यो आवश्यक रहेन ।
नेपाली बृहत् शब्दकोशमा स्वतन्त्र शब्दको अर्थ कसैको नियन्त्रण, बन्धन वा दवावमा नपरेको, आफ्नै अधिनमा रहेको, आफ्नो सोच अनुसार चल्नु अर्थात अरुको आड नलिने र भर नर्पने भनी अर्थ्याएको छ । यसो अर्थ आफ्नै तन्त्र वा शासनमा रहने तथा स्वयं आफैँबाट निर्देशित हुन सक्ने वा पाउने हो । बसन्तकुमार शर्माको ‘नेपाली शब्दसागर’ मा पनि ‘स्वतन्त्र’ शब्दलाई ‘नियमसंगत रहनु, अनुशासन, विधि, कसैको नियन्त्रणमा नरहने वा र स्वविवेकमा आफैंले जिम्मेवारी बोक्नुपर्ने’ भनिएको छ । यसरी हेर्दा अरुबाट निर्देशित नभएको, स्वायत्त संस्था वा संगठनलाई स्वतन्त्र समुह भन्न सकिन्छ । तर नेपालमा त्यस्ता संगठन पाउन निक्कै गाह्रो छ । बिभिन्न संचारमाध्यमहरुबाट पत्रकारले समाचार सम्प्रेषण गरिरहेका हुन्छन, फलानो निकट फलानो स्वतन्त्र संगठनले यस्तो गर्यो/भन्यो संचामध्यमबाट सम्प्रेशित समाचारका हेडलाईन यस्ता देखिन्छन ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्धारा निगम घेराऊ
सबैले यसैलाई फलो गरिरहेका छन । पत्रिका, रेडियो, टेलिभिजन वा अनलाईन सबैले फलानो निकट बिद्यार्थी संगठन रे ! साझा समस्याका लागि संयुक्त दवाव दिन सकिन्छ नी तर त्यस्तो देखिँदैन । दलहरु आफैँमा पनि आन्तरिक रुपमा एकवद्ध छैनन । दलहरुभित्रै गुटबन्दी छ । गुट भित्र पनि उपगुट छ । दलभित्रै पनि गुट÷उपगुटमा नलाग्ने भनेर स्वतन्त्र भनेका हुन की के हुन । आश्चर्य लाग्दो छ । ति गुट/उपगुटका प्यानल संगठनको चुनावमा देखिन्छ । तर पत्रकारितामा हरेक दिन देखिन्छ । पत्रकार स्वतन्त्र हुन्छन् र हुनुपर्छ पनि । यसलाई बोलीमा खरो उतार्ने तिनै पत्रकार पार्टी, पार्टी भित्रको पनि गुट तथा गुट भित्रको पनि कुनै ब्यक्तीको पक्षपोषणमा पत्रकारता गरिरहेका हुन्छन । पत्रकार महासंघका सदस्यहरु सच्चा पत्रकार हुन अरे । हो, उनीहरु कुनै न कुनै संचारसंस्थासंग आवद्ध भएका होलान । तर त्यो संचारसंस्था कस्तो हो त्यसतर्फ खासै ध्यान पुगेको देखिदैन । दलका मुखपत्रका रुपमा स्थापित संचारसंस्था त छँदैछन । ठुला संचारसंस्थाहरुमा पनि लगानी गर्ने सम्वन्धमा राजनितिक दलहरुको ठुलै होड चल्छ ।
जनतामाथी ढाँटको खेती गर्न सहज हुने भएपछि तिनिहरुसंगै चन्दारुपी भ्रष्टाचारबाट कुम्लाएको रकम राजनितिक नेतृत्वले संचारसंस्थामा खर्च गरिरहेका छन । यसैमा रमाउनेहरु स्वतन्त्र पत्रकारिताको वकालतमा दैनिकि नुनको सोझो गरिरहेका हुन्छन । संगठित भएपछि नेतृत्व गर्ने चहना हुनु स्वभाविक हो तर पत्रकार महासंघको चुनाव कुनै राजनिकि निर्वाचन भन्दा फरक लाग्दैन । पत्रकार आफैँमा स्वतन्त्र हुन्छ भन्ने महासंघले नेतृत्व पाउँदा कुनै राजनितिक दलको कार्याक्रता पाईरहेको हुन्छ ।
पत्रकारहरू कुनै राजनीतिक दलको भातृ संगठनको सदस्य, कार्यकर्ता र नेता हुनु नेपालमा स्वभनिय जस्तै छ । कसैले बोल्यो भने मात्रै पनि हरेक ब्यक्ती आ–आफ्नो आस्था हुनु स्वभाविक हो भन्ने जवाफ पाईन्छ । कुनै दृष्टिबाट अपुष्ट बिषय उनीहरु खुलेआम ओकली रहेका हुन्छन । आम–दर्शक÷श्रोता समाचार सुन्छन, हेर्छन वा पढ्छन् फलानो दल निकट स्वतन्त्र पत्रकार संघ, संगठनको अधिवेशन प्रशिक्षण कार्यक्रम उसको मातृ दलका फलानो अर्थात फलानो तहका मन्त्री, नेताले उद्घघाटन गर्नुभयो÷ गरे ।
स्वतन्त्र शब्दको प्रयोग यति विकृत भैसक्यो की, सामान्य नेपाली भाषाको ज्ञान भएका हरुलाई पनि लाजमद्रो छ । यसमा आफुलाई बौद्धिक ठान्ने बर्ग नै दोषी छन । राजनितिक दल, बिभिन्न पेशाकर्मी संघसंगठन, पत्रकार, बिद्यार्थी, वकिल, किसान, शिक्षक सबैले यसको दुरुपयोग गरिरहेका छन । खबरदारी गर्नेहरुको आवाज खासै भेटिएन । कुनै राजनितिक सिद्धान्त वा बिचारका पछि लाग्ने वा त्यसैको वकालत गर्नेहरु स्वतन्त्र संगठन हुन सक्छन ? कदापि हुन सक्दैनथ्यो तर भनिँदैछ । -raghunathbajagain@gmail.com
१३ चैत २०७२, शनिवार ०८:३२ बजे प्रकाशित