प्रधानमन्त्री ओली आज चीन जाँदै
काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने भ्रमणका लागि आइतबार चीन जाँर्दैछन । भ्रमण टोलीमा ओलीकी पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संसदका सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधि रहेका छन ।
भारततर्फको परनिर्भरता कम गर्ने उद्देश्य भएको ठानिएको ओलीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
ओलीले भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र समकक्षी ली खछ्याङ लगायतसं भेटवार्ता गर्नेछन । चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्षसँग पनि छलफल र्ने कार्यक्रम छ । पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय वार्ता र समझदारीमा हस्ताक्षर गर्ने, सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण र जलविद्युत् आयोजना अवलोकन तथा बेइजिङमा बुद्धिजीवी र व्यापारीलाई छुट्टाछुट्टै प्रवचन लायतका कार्यक्रम पाि तय गरिएका छन ।
७ चैत २०७२, आइतवार ०४:१५ बजे प्रकाशित