जापानी राजदूत प्रतिभा राणाको पदावधी थप
सरकारले कोभिड महामारीलाई मध्यनजर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणालाई भने अर्को व्यवस्था नभएसम्म भन्दै म्याद थप गरेको छ ।
बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।
उनी जापानमा अहिलेसम्मकै कमजोर राजदूतमा दर्ज भएकी छन् । उनी राप्रपा कोटामा राजदूत भए पनि उनीसँगै नियुक्त भएकाहरूलाई सरकारले पहिले नै फिर्ता गरिसकेको छ ।
तर उनलाई भने राप्रपाको नेता भन्दा पनि प्रमुख प्रतिपक्ष दलको सभापतिकी सासूको हिसाबले उनलाई नचलाइएको परराष्ट्र अधिकारीहरू नै बताउँछन् । देउवा खुसी राख्ने ओलीको कूटनीति हो । नेपाल जापान बलियो बनाउने कूटनीति होइन ।
कोभिड आरम्भ हुँदा काठमाडौँ आएर लामो समय बसेकी उनले जापानमा विरलै रहिन । रहँदा पनि दूतावास भन्दा निवासमा नै रमिन ।
२१ वैशाख २०७८, मंगलवार १२:३७ बजे प्रकाशित













