पार्टीमा भागवण्डा गर्नु हुन्न : पौडेल
 Ram Chandra Paudel addresses during a press meet at party office in Kathmandu, Tuesday. KANTIPUR PHOTO/ KAUSHAL ADHIKARI / POST PHOTO
			    
			        Ram Chandra Paudel addresses during a press meet at party office in Kathmandu, Tuesday. KANTIPUR PHOTO/ KAUSHAL ADHIKARI / POST PHOTO			    
				
			चितवन, २९ फागुन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वले मूल्यांकन गरेर सबैलाई उचित ठाउँ दिनु पर्ने बताएका छन । पारिवारिक भेटघाटका लागि चितवन आएका पौडेलले पार्टीमा अब भागवण्डा गर्न नहुनेमा जोड दिए ।
पार्टी महाधिवेशनमा भएको हारलाई आफूले सामान्य रुपमा लिएको प्रतिक्रिया दिँदै उनले प्रजातन्त्रमा हार जित हुनु स्वभाविक भएको बताए ।
कांग्रेसको सम्पन्न १३ औं महाधिवेशनमा पौडेल नेता शेरबहादुर देउवासँग पराजित भएका थिए । नेता पौडेलले नवनिर्वाचित सभापति देउवालाई सहयोग गर्ने समेत बताए ।
२९ फागुन २०७२, शनिवार १०:५४ बजे प्रकाशित
 
						 





