कांग्रेस महामन्त्री शशांकमाथि माओवादी नेतृत्वको सार्वजनिक प्रश्न

काठमाडौं, २९ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस महामन्त्री शशांक कोइरालाको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका छन् । राजधानीमा भएको कार्यक्रममा एकिकृत माओवादी अध्यक्ष दाहालले कांग्रेस महामन्त्री शशांक कोइरालाको नाम नलिएरै गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका सम्बन्धमा शशांकले दिएको अभिव्यक्तिमाथि सार्वजनिक रुपमा प्रश्न उठाएका हुन् । दाहालले भने ‘संघीयता आवश्यक छैन, धर्मनिरपेक्षत आवश्यक छैन भनेर ठूलै पार्टीको एक जना निर्वाचित ठूलै नेताले भनिसक्नु भो । तपाई हिसाव गर्नुहोला ।’ कांग्रेसको महाधिवेशन अघि शशांकले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे पुनर्विचार गर्नु पर्ने बताएका थिए ।

२९ फागुन २०७२, शनिवार १०:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु