म्याग्दीमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै शवको उद्धार

पर्वत, ११ फागुन । म्याग्दीको सोली घोप्टेभीरमा भएको तारा ईयरको जहाज दुर्घटनामा परेका २३ जनाकै जना यात्रुहरुको शव सङ्कलन गरिएको छ ।
३ शवलाई मुस्ताङमै राखिएको छ । आफन्तले मुस्ताङमा नै बुझाइदिन आग्रह गरेपछि ३ शवलाई त्यहाँ नै राखिएको हो । अन्यलाई पोखरा पठाइएको छ ।
म्याग्दीको सोली घोप्टेभीरमा भएको तारा ईयरको जहाज दुर्घटनामा परेका यात्रुहरुको शव सङ्कलनको कार्यमा उद्धार सामग्रीसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
शव संकलनमा लागि घटनास्थलमा तीन वटै निकायका करिब २ सय सुरक्षाकर्मी परिचालन भएका भए थिए ।
चालक दलका तीनसहित २३ जना सवार तारा एयर बुधवार बिहान सोलीघोप्टेको पहाडमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
१३ फागुन २०७२, बिहीवार १०:४७ बजे प्रकाशित