पर्वत २ महिना भित्रै लोडसेडिङ मुक्त हुने
पर्वत, ११ फागुन । आन्दलोलनरत पक्ष र नेपाल विद्युत प्राधिकरण पर्वतका प्रतिनिधिहरु बिच जिल्लालाई दूई महिना भित्रै लोडसेडिङ मुक्त गर्ने सहमती भएको छ । जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्नु पर्ने माग गर्दै संघर्ष समिति नै गठन गरेर स्थानियले ४ दिन सम्म आन्दोलन गरेका थिए । त्यसपश्चात बसेको दुबै पक्ष सम्मिलित बैठकले दुई महिनाको अवधीमा पनि विहान र देखि बेलुका सम्म लोडसेडिङ नगर्ने र रातको समयमा मात्रै लोडसेडिङ गर्ते र त्यसमा पनि समयाअबधी कम गराउँदै लैजार्ने सहमति भएको छ । विहिबार भएको सहमतिमा अनुसार निर्माणधिन ३३/११ केभीको सबस्टेशनलाई तत्काल निर्माण गरी दुई महिनाको अबधीमा जिल्लालाई लोडसेडिङ मुक्त घोषणा गर्ने सहमति भएको संघर्ष समितिका सदस्य सचिव अच्यूत तिवारीले जानकारी दिएका छन् ।
उनका अनुसार दुइ महिनासम्म लोडसेडिङ तालिकाको अबधि कम गरी विहान वेलुका अत्यावश्यक समयमा लोडसेडिङ नगर्ने सहमति भएको छ ।
संघर्ष समितिका संयोजक लक्ष्मण श्रेष्ठले भने दुई महिनाको समय अवधि दिएका छौँ तयसको नभए आफुहरु फेरि आन्दोलनमा उत्रनेछौँ । महेन्द्र केसीबाट
१३ फागुन २०७२, बिहीवार १०:३७ बजे प्रकाशित