मदनको शालिकमा माल्यार्पण गर्न बल्खु पुगे प्रचण्ड र माधव नेपाल

नेकपा प्रचण्ड – माधव समूहका शीर्ष नेताहरुले मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छन् ।
केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि बल्खु पुगेका हुन् ।
तत्कालीन एमालेको पार्टी कार्यालय भूकम्पले क्षतिग्रस्त बनेको थियो ।
त्यहाँ अहिले भग्नावशेष मात्र छ ।
नेताहरुले यहाँ रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।
यो ठाउँसँग आफूहरुको सम्बन्ध गाँसिएको भन्दै पार्टीको भवन बनाउने बताए ।
अध्यक्ष नेपालले केपीओली यति अलोकतान्त्रिक होलान् भन्ने आफूहरुले कल्पना नगरेको बताए भने वरिष्ठ नेता खनालले ओली अझै कम्युनिस्ट बन्न नसकेको बताए ।
अध्यक्ष प्रचण्डले भने सबैलाई मिलाएर पार्टीलाई एकतावद्ध बनाउने धारणा राखे ।
९ पुस २०७७, बिहीवार १७:४६ बजे प्रकाशित