डकुमेन्ट्री फिल्म : “पर्यटनका लागि नेपाल सदा सुरक्षित छ ”
काठमाण्डौ । गएको वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण नेपालको पर्यटन क्षेत्र निक्कै प्रभावित बन्यो । भुकम्पले पु¥याएको क्षेती भन्दा बढि प्रचार भएकै कारण पर्यटकहरुले आफुलाई सुरक्षित ठान्न नसक्दा यो क्षेत्र प्रभावित हुनु स्वभाविक नै हो ।
यसैलाई चिर्ने तथा खस्किएको नेपाली पर्यटन क्षेत्रलाई उकास्ने उदेश्य सहित “पर्यटनका लागि नेपाल सुरक्षित छ ।” भन्ने डकुमेन्र्टी फिल्म सार्वजनिक गरिएको छ । राजधानीको पर्यटनबोर्ड मार्फत ट्रेकिङ्ग गाईड एशोसियसन अफ नेपाल र म्यूजीक माउन्टेरियरिङ्ग कल्चर एक्पिडिसन नेपालले डकुमेन्र्टी फिल्म सार्वजनिक गरेका हुन ।
संस्थाले पर्यटन क्षेत्रलाई उकास्न तथा नेपाल पर्यटनको लागी सदा सुरक्षित छ भन्ने सन्देश दिन अहिले सम्मकै उच्च स्थानमा म्युजीकल एक्सपिडिसन कन्सर्ट पनि गरेको थियो ।
६ हजार ४ सय ७१ को उचाईमा रहेको मिरा पार्कमा गएको अक्टुवर/नोभेम्बरमा गरिएको कन्सर्टलाई विज्ञप्ती मार्फर्त उसले ऐतिहासिक रुपमा सफल भएको दावी गरेको छ ।
प्रेस विज्ञप्ती
“Nepal is safe for Tourism forever”
A Documentary Film
गत वैशाख १२ गते को महाभूकम्प पछि खस्किएको नेपाली पर्यटन क्षेत्रलाई उकास्न गरिएको ‘‘नेपाल पर्यटनको लागीसदा सुरक्षित छ’’ भन्ने मूल सन्देश सहितको ] “World Highest Live Musical Concert Expedition, Mera Peak 6471 M. Oct./Nov. 2015. ऐतिहासिक रुपमा सफल भएको छ । यो साँगितिक आरोहण अभियान संसारको नै पहिलो आधिकारीक सफल सांगितिक कार्यक्रम हो भने यसले पर्यटन प्रवद्धर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पक्का छ । यस साँगितिक कार्यक्रममा पहिले २९ अक्टोवर सन् २०१५मा १८ जनाको टोलीले मेरो पिकहाई क्याम्प ५,८०० मीटरमा पहिलो सफल साँगितिक प्रस्तुति दिएका थिए । त्यहाँ अक्सिजनको मात्रा ४९ प्रतिशत मात्र हुन्छ । यहाँ तापक्रम माईनस १०–१५ डिग्री को वीचमा रहने गर्दछ भने तापक्रम माईनस १० डिग्री देखि १५ डिग्रीको हाराहारीमा रहने गर्दछ । यसमा टोलीमा टोली नेता टे«किङ्ग गाइड÷माउण्टेन गाइड तथा मूख्य गायक ईन्सु राईले करिब आधा घण्टा एकल सांगीतिक प्रस्तुती दिएका थिए, भारी हिमपातका विच पनि । त्यसपछि पहिलो टोली भारी हिमपातको कारण फर्किए । त्यस्तै नोभेम्वर ११ सन् २०१५ मा मेरा पिक शिखरमा ६४७१ पुनः गायक ईन्सु राईले दोश्रो टोली ११ जनासँगै दोश्रो सफल साँगितिक प्रस्तुती दिए जून संसारको नै पहिलो एकल सफल हाई अल्टिच्युट साँगितीक कार्यक्रम हो भने यहाँ अक्सिजनको मात्रा ३३ प्रतिशत, तापक्रम माईनस १५ डिग्री–२५ डिग्री हाराहारी तथा शीतलहर -ICY Wind_को वेग १००÷२०० प्रति घण्टा बहने गर्दछ । इन्सु राई नेपाल सरकारको लाइसेन्स प्राप्त ट्रेकिङ्ग गाईड अनि नेपाल पर्वतारोहण संघको सिनियर माउण्टेन गाइड पनि हुन् । उनि हाल कलानिधी इन्दिरा संगीत महाविद्यालयमा औपचारिक संगीत अध्ययन पनि गरिरहेका छन् । उनको पहिलो गीती एल्बम ‘हिमाली कान्छी’ हो । उनि ट्रेकिङ्ग गाईड एशोसिएसन अफ नेपालको सांस्कृतिक विभागको संयोजक पनि हुन् ।
यस अभियान तथा डकुमेन्ट्री फिल्मको मूख्य उद्देश्य संगत मार्फत मेरा पिकमा व्यवसायिक रुपमा स्कीपर्यटनको विकासको लागि प्रचार–प्रसार गर्नु रहेको छ । यो हिमालमा धेरै स्वदेशी÷विदेशी पर्यटकहरुले स्की गरीरहेका छन् र कुनै खतरा नरहेको पनि बताउँछन् । ६४५६ मीटर.बाट ५१०० मी. सम्म स्की गर्न सकिन्छ भने यसले मेरा आरोहीहरुको लागीकुनै बाधा उत्पन्न गर्दैन र स्की र पिक आरोहणको बाटो छुट्टै रहेको छसाथै ६४०० मीटर माथीको स्की स्पट हो यो संसारको नै अग्लो स्थानमा रहेको छ । अर्को मूख्य उद्देश्य पत्ताले डाँडा जून ३२०० मीटर उचाई अनि राजधानीबाट करिब ६ घण्टाको दुरीमा गाडीको यात्रा पछि वि.पि. राजमार्ग हँुदै यो ठाँउ पुगिन्छ । जून ठाँउबाट सगरमाथा, मकालु, कञ्चनजंगा लगायतका ८ हजार मिटर माथिका हिमालहरु सहित अन्य विभिन्न मनोरम हिमालहरु त्था प्राकृतिक दृश्यहरु देख्न पाईन्छ । यो डाँडामा पिकनिकको लागि पनि एकदमै रमाईलो ठाँउ रहेको छ । यो पत्ताले डाँडामा पत्ताले गाँउबाट मात्रआधा घण्टाको उकालो चढेपछि पुगीन्छ । यदि क्याम्पिङ्ग गर्ने भएमा डाँडामा नै बस्न सकिन्छ । त्यसै गरि सुर्योदय र सूर्यास्तको दृश्यावलोकनको लागि पनि यो डाँडा अति उपयूक्त छ । यदि पत्ताले डाँडामा क्याक्पिङ्ग नगरि तल ओर्लिएर पत्ताले गाँउमानै बस्न सकिन्छ । जहाँ सामान्य नेपाली खानाको साथै लजहरु पाईन्छन् । पर्यटन र संगीतको अभिन्न सम्बन्ध हुने भएकोले जहाँको पर्यटकीय ठाँउको प्रचार गर्नुछ त्यही नै गएर साँगितिक कार्यक्रम गर्दा बढि प्रभावकारी हुने भएकोले आगामी दिनहरुमा सोहि अनुसारको कार्यक्रम गरिनेछ । त्यसैले यीदुबै ठाँउको तत्कालै प्रबद्र्धन गर्न सकिन्छ साथै पत्ताले डाँडा भनि आजभोली नै जो कोही आन्तरिक तथा वाह््य पर्यटकहरु २ वा ३ दिनको भ्रमणमा जानु सक्छन् यसको लागि केही तयारी गर्नुपर्दैन । त्यसैगरि अर्को साँगितिक कार्यक्रम “World Deepeastt Gorge Kaligandaki 5571M. Musical concert, Fev. 2016 पनि घोषणा गरिसकिएको छ, जुन आन्तरिक पर्यटकको लागी लक्षित गरिएको छ । यसको लागी सम्बन्धित संघ–संस्था नेपाल पर्यटनवोर्ड, नेपाल पर्वतारोहण संघ तथा ट्रेकिङ्ग एजेन्सीज एशोसियसन अफ नेपाल (टान) लाई औपचारिक सहयोगको प्रस्ताव गरीसकिएको छ ।
आयोजक
ट्रेकिङ्ग गाईड एशोसियसन अफ नेपाल (TGAN)
र म्यूजीक माउन्टेरियरिङ्ग कल्चर एक्पिडिसन नेपाल (MMC Expedition)
३ फागुन २०७२, सोमवार ०९:३९ बजे प्रकाशित