११४ न्यायाधीशको सरुवा, २९ को पदस्थापन (सूचीसहित)

न्यायपरिषद्ले एक सय १४ न्यायाधीशको सरुवा गरेको जनाएको छ । साथै नवनियुक्त २९ जिल्ला न्यायाधीशलाई पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।

बुधबार बसेको परिषद्को बैठकले भक्तपुरका न्यायाधीश जगत नारायण श्रेष्ठलाई तनहुँ जिल्ला अदालत र ललितपुरका महेन्द्र बहादुर कार्कीलाई सिन्धुपाल्चोक सरुवा गर्ने निर्णय गरेको हो ।

सर्लाही जिल्लाबाट कृष्णराम कोइरालालाई ललितपुर जिल्ला अदालतमा सरुवा गरिएको छ ।

काठमाडौंका न्यायाधीश मेदीनीप्रसाद पौडेललाई काजमा मोरङ जिल्ला अदालत पठाइएको छ ।

न्यायाधीश ब्रजेश प्याकुरेललाई पनि काठमाडौं जिल्ला अदालतबाट काजमा धनुषा जिल्ला अदालत खटाइएको छ । अर्का न्यायाधीश श्रीकृष्ण भट्टराईलाई कास्की जिल्ला अदालत पठाइएको छ ।

यसैगरी काठमाडौंकै ऋषिराम निरौलालाई ललितपुर जिल्ला अदालतमा काजमा पठाइएको निर्णयमा उल्लेख छ । धनुषाका राजुकुमार खतिवडालाई भने काजमा काठमाडौं जिल्ला अदालत तानिएको छ ।

मोरङका राजेन्द्र अधिकारी र झापाका युवराज गौतमलाई काठमाडौं जिल्ला अदालतमा ल्याइएको छ । मनाङमा रहेका रामचन्द्र पौडेल र सिरहाका प्रकाश ढुंगानालाई पनि काठमाडौं सरुवा गरिएको छ ।

रामेछाप जिल्ला अदालतकी स्वीकृति पराजुलीलाई भक्तपुर जिल्ला अदालत तानिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अर्जुन प्रसाद कोइरालालाई काजमा सुनसरी जिल्ला अदालत पठाउने निर्णय गरिएको छ ।

कैलालीका शिवबहादुर रानाभाटलाई ललितपुर जिल्ला अदालत र जाजरकोटका देवकुमार गिरीलाई ललितपुर ल्याइएको छ । चितवन जिल्ला अदालतका न्यायाधीश विनोद कुमार गौतमलाई भने न्याय परिषद्मा सरुवा गरिएको छ ।

साथै परिषद्को बैठकले नवनियुक्त २९ न्यायाधीशलाई कुन–कुन जिल्लामा पदस्थापन गर्ने सो निर्णय पनि गरेको छ ।

सरुवा सूची :

२२ असोज २०७७, बिहीवार ०८:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु