अजरबैजान-अर्मानियाको युद्धः इरानले दियो क्षेत्रीय युद्ध बढ्ने चेतावनी

इरानले आफ्नो छिमेकी देश अजरबैजान र अर्मानियाबीच नयाँ ढङ्गले सुरु भएको यो लडाईं व्यापक रुपमा क्षेत्रीय युद्ध बढाउन सक्ने चेतावनी दिएको छ ।

राष्ट्रपति हसन रुहानीले विवादित नागोर्नो–काराबाख इलाकाको विषयमा भएको भारी संघर्षपश्चात् यो क्षेत्रमा स्थिरता बहाल हुने उनलाई आशा भएको बताएका छन् ।

यो इलाका औपचारिक रुपमा अजरबैजानको हिस्सा हो तर यसलाई अर्मेनियाली समुदायका मानिसहरुले चलाउँछन् ।

हालको युद्ध पछिल्ला केही दशकको सबैभन्दा खराब युद्ध मानिएको छ र दुबै देशले एक–अर्कामाथि हिंसाको सुरुवात गरेको आरोप लगाइरहेका छन् ।

राष्ट्रपति रुहानीले भने, ‘हामी सजग रहनुपर्छ कि अजरबैजान र अर्मानियाको यो लडाईं यो इलाकाको लडाईं नबनोस् । शान्ति हाम्रो आधार हो र हामी शान्तिपूर्ण तरिकाले क्षेत्रमा स्थितरता बहाल गर्ने आशा राख्छौं ।’

२२ असोज २०७७, बिहीवार ०८:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु