८० हजार घुस लिने बाराका इन्जिनियर विरुद्द मुद्दा दर्ता

सेवाग्राहीसँग ८० हजार घुस लिने जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बाराका सव–इन्जिनियर गजेन्द्र प्रसाद जायसवाल विरुद्द मुद्दा दर्ता गरेको छ।
८० हजार रुपैयाँ विगा दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेस अदालत काठमाडौंमा सोमबार मुद्दा दर्ता गरेको हो ।
जायसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार घुस लिए पछि आयोगले पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए।
२ भदौ २०७७, मंगलवार १५:५९ बजे प्रकाशित