मौरीको चिलाइबाट एक युवकको मृत्यु

नेपालगन्ज, २६ मङ्सिर । नेपालगन्ज उपमहानगरपालिका–२६ ईन्द्रपुरमा आज अपराह्न माहुरीले चिलेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार सोही स्थानको एक रुखमा रहेको माहुरीको घारमा काग र बाजले झम्टेपछि आक्रोशित माहुरीले त्यहाँ रहेका व्यक्तिमाथि आक्रमण गरेपछि बागेश्वरी डी गाउँका कालीबहादुर मल्लको उपचारका क्रममा मृत्यु भएको हो ।

सो घटनामा खजुराखुर्दका प्रमेश गुप्ता र अर्का नाम र ठेगाना नखुलेका युवक गम्भीर घाइते भएको जनाइएको छ ।

२६ मंसिर २०७२, शनिवार १६:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु