सभापति कोइराला र अध्यक्ष ठाकुरबीच भेटवार्ता
काठमाडौँ, २६ मङ्सिर । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
सभापति कोइरालाको निवास महाराजगन्जमा शुक्रबार साझँ भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र तराई मधेसमा जारी आन्दोलनका विषयमा छलफल भएको थियो ।
भेटमा सभापति कोइरालाले मधेसमा जारी आन्दोलन अब लम्ब्याउन नहुने बताउँदै तत्काल सहमतिमा आउन अध्यक्ष ठाकुरलाई आग्रह गरेका थिए ।
कोइरालाले आफ्नो नेतृत्वमा भएको सरकारले संसद्मा प्रस्तुत गरेको समानुपातिक र समावेशीसम्बन्धी संविधान संशोधन प्रस्ताव पारित गर्न आन्दोलनरत दल सकारात्मक हुनुपर्ने बताएका थिए ।
जवाफमा अध्यक्ष ठाकुरले आफूहरु पनि छिटो मधेसको आन्दोलन सकियोस् भन्ने पक्षमा रहेको बताउदै आफूहरुको माग पूरा गर्न सकारात्मक भूमिका खेल्न आग्रह गरेका थिए ।
(राससं)
२५ मंसिर २०७२, शुक्रवार १८:३१ बजे प्रकाशित