ट्रकले मोटरसाइकललाई ठक्कर दिदा बाबु र छोरीको मृत्यु

बनेपा, २५ मङ्सिर । काभ्रेपलाञ्चोकको उग्रताराजनगाल वडा नं ६ स्थित अरनिको राजमार्गमा आज भएको दुर्घटनामा एक नाबालिकसहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछाप स्थायी घर भई अस्थायीरुपमा बनेपामा बस्दै गरेका २८ वर्षीय रामचन्द्र कार्की र पाँच वर्षीया नाबालिक रक्षा कार्की रहेका छन् । उनीहरु बाबु र छोरी रहेको प्रहरीले जनाएको छ ।

बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख १०११ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा६७प ४४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर गम्भीर घाइते भएका उनीहरुको अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

घटनापछि ट्रक चालक र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रासस

२५ मंसिर २०७२, शुक्रवार १४:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु