मधेसीलाई सहमतिमा ल्याउन प्रचण्डका आठ प्रदेश !

Prachanda_puspa_kamal_Dahal_UCPN_Maoist_Chairman_nepalकाठमाडौं, मंसिर १६ । उच्चस्तरीय राजनीतिक सयंन्त्रका संयोजक तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई सहमतिमा ल्याउन भन्दै आठ प्रदेशको प्रस्ताव पार्टीको केन्द्रिय समितीको बैठकमा राखेका छन् ।

एमाओवादी अध्यक्ष प्रचण्डले मंगलबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सीमांकनको विवाद मिलाउन केही प्रदेशको सीमांकनमा हेरफेर र आठौं प्रदेश निर्माणको प्रस्ताव गरेका हुन् । जसमा प्रदेशको सीमांकन रहेफेर र आठौं प्रदेश निर्माणको विकल्प उल्लेख छ ।

गएको तीन महिनादेखि आन्दोलनरत मधेस केन्द्रित दलले तराई मधेसको भूभागलाई दुई वटा प्रदेशमा समेट्नुपर्ने माग गरिरहेका बेला प्रचण्डको आठ प्रदेशको प्रस्ताव आएको हो ।  मुख्य विवाद रहेका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई केन्द्रमा राखेर प्रचण्डले नयाँ प्रस्ताव ल्याएका हुन् ।

अहिलेको राजनीतिक समस्या समाधानका लागि प्रस्तावित प्रदेश नम्बर ५ मा कैलाली र कञ्चनपुरको थारु बाहुल्य क्षेत्रलाई पनि समावेश गर्नु पर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ । अहिले प्रदेश नम्बर ५ मा रहेका पाल्पा, गुल्मी, अर्घाखाँची रोल्पा, प्युठान, रुकुमलाई त्यहाँबाट हटाएर प्रदेश नम्बर ४ मा राख्नु पर्ने प्रचण्डको प्रस्ताव छ ।

झापा, मोरङ र सुनसरीको विवादको विवाद मिलाउनका लागि पनि प्रचण्डले नयाँ प्रस्ताव गर्नु भएको छ । प्रदेश नम्बर १ मा झापा, मोरङ, सुनसरी तीन वटै जिल्ला र त्यसका सम्पूर्ण भाग राखिएकोमा त्यसलाई परिमार्जन गर्नु पर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुर मिलाएर आठौं प्रदेश बनाउन सकिने प्रचण्डले जनाएका छन् ।

अहिलेको २ नम्बर प्रदेशबाट सिरहा र सप्तरीलाई झिकेर त्यसमा पर्सादेखि धनुषासम्मका जिल्ला र मकवानपुर, सिन्धुली, र उदयपुरका चुरे क्षेत्रलाई समावेश गर्न सकिने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

त्यसो हुन नसकेमा भाषिक, सांस्कृतिक सामिप्यता रहने मोरङ र सुनसरीको दक्षिण पश्चिमी क्षेत्रलाई प्रदेश नम्बर २ मा राख्न सकिने प्रचण्डको प्रस्ताव छ ।

१६ मंसिर २०७२, बुधवार ०१:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु