फेसबुकका संस्थापक जुकरबर्गद्धारा सबै सम्पत्ति दान

_86985767_zuckerberg3फेसबुक, मंसिर १६ । सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्ग र उनकी श्रमती प्रिसिला चानले कम्पनीमा रहेको आफूहरुको ९९ प्रतिशत शेयर दान गर्ने घोषणा गरेका छन् ।

छोरी जन्मेको घोषणा गर्दै जुकरबर्गले आफ्नो जीवनकालमा नै कप्मनीको आफ्नो शेयरको ९९ प्रतिशत सामाजिक कार्यका लागि दान गरिसक्ने घोषणा गरेका हुन् । जुकबर्गकी श्रीमती चानले छोरीलाई जन्म दिएकी छन् । छोरीको नामा म्याक्स राखिएको जुकबर्ग दम्पतीले जनाएका छन् ।

छोरी म्याक्सका लागि विश्वमा राम्रो ठाउँ मिलोस् भन्ने उद्देश्यले आफ्नो सम्पत्तिको अधिकांश भाग जीवनकालमा नै दान गर्ने घोषणा गरेको जुकरबर्गले जनाएका छन् । जुकरबर्गले आफ्नो फेसबुक पेजमा आफू र श्रीमती चानको कम्पनीमा रहेको शेयरको ९९ प्रतिशत जीवनकालमा नै समाजिक कार्यका लागि दान गर्ने घोषणा गरेका हुन् ।

फेसबुकमा जुकरबर्ग र चानको अहिले रहेको शेयरका अनुसार यो रकम ४५ अर्ब अमेरिकी डलर हुन्छ । आफूहरुको यो रकम विश्वभरका बालकालिकाका लागि खर्च गरिने र यो बालबालिकाका लागि आफूहरुका तर्फबाट सानो सहयोग रहेको जुकरबर्गले बताएका छन् । यो रकम चान जुकरबर्ग इनिसिएटिभ मार्फत बालबालिकाको क्षेत्रमा खर्च हुनेछ ।

मानवीय क्षमता विस्तार तथा आउँदो पुस्ताका बालबालिकाका लागि राम्रो विश्व प्रदान गर्नका लागि सहयोग गरिएको जुकरबर्गले उल्लेख गरेका छन् । जुकरबर्गले छोरी म्याक्सका लागि यस्तो पत्र लेखेका छन् ‘तिमीले तिम्री आमा र मलाई भविष्यका बारेमा दिएको आशा बयान गर्नका लागि शब्द नै छैन । तिम्रो पुस्ताका लागि सबै भन्दा ठूलो अवसर भनेको सबैलाई इन्टरनेट सुविधा पुर्‍याउनु नै हुनेछ ।’

१६ मंसिर २०७२, बुधवार ०१:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु