कोरोना संक्रमण देखियो क्वारेन्टाइनबाट घर फर्किएको १० दिनपछि


जनकपुरको प्रादेशिक ल्याबबाट कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि वैशाख ६ गते चन्द्रपुरको क्वारेन्टाइनमा रहेका भुसाहाका युवक घर फर्काइए ।

क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षण दुबैबाट उनमा कोरोना संक्रमणको पुष्टि भएन ।

१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका ती २५ वर्षका युवकको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि हुँदा उनले परिवार र समुदायमा १० दिन बिताइसकेका थिए ।

यो नतिजापछि वृन्दावन र आसपासका नगरपालिकामा पनि संक्रमणको खतरा बढेको छ ।

१६ वैशाख २०७७, मंगलवार १३:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु