यस्तो रह्यो यस बर्ष नेताहरुको भाइटीका
काठमाडौँ, २७ कात्तिक । शुक्रबार सबैले भाइटीकामा माला र टीका लगाएका छन् आफ्ना दीदी बहिनीको हातबाट । अनि त्यस्तै आशिष लिने र दिने काम पनि भयो । तर यस बर्षको भाइटीकामा नेताहरु क कसले टीका र माला लगाए त अनि कसले किन लगाएनन् । प्रस्तुत छ ः
शुक्रबार बिहान ११ः५५ बजेको शुभसाइतमा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले तीन बहिनीबाट आफ्नै निवास बोहोराटारमा भाइटीका लगाए । बहिनीहरु कृष्णकुमारी आचार्य, रमादेवी मिश्र र चन्दा ओझाले उहाँलाई टीका लगाई दिएका हुन् ।
यसैगरी, पूर्व प्रधानमन्त्री एवम् नेकाका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेस नेत्री मीना पाण्डे, सुशीला खड्का र गोमा साहबाट टीका लगाएका छन् । तर निवर्तमान प्रधानमन्त्री शुशिल कोइराला उपचारका क्रममा अमेरिकामा रहेका कारण उनले पनि टीका लगाएनन् ।
पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भने टीका लगाएनन् । केही पारिवारिक कारण उनले टीका नलगाएको बुझिएको छ। पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपालले भने बुबाको बरखीका कारण यस पटकको तिहारमा टीका लगाएनन् । उनका बुवाँ यसै बर्ष मात्र वितेका थिए ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि भाइटीकाको माला र टीका लगाएका छन् । यससंगै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि माला र टीका लगाईदिएकी छन् । आफ्ना भाईलाई । भने उपराष्ट्रपति नन्दकिशोर पुनले पनि भाइटीकाको माला र टीका लगाएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बहिनीहरू रीता थापा, वशु कार्की र मिन्टु विष्टको हातबाट टीका लगाएका छन् ।
रासस
२७ कात्तिक २०७२, शुक्रवार १३:२३ बजे प्रकाशित