बंगालादेशमा अनौठो बच्चा जन्मियो, अस्पतालमा हेर्नेको भीड
एजेन्सी, कात्तिक २७ । बंगलादेशमा एउटा अचम्मको बच्चा जन्मिएको छ। बच्चा दुईवटा टाउको भएको बच्चा जन्मिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएको छ ।
बंगलादेशको राजधानी नजिकै ब्राहमनको अस्पतालमा एक महिलाले दुई वटा टाउको भएकी छोरी जन्माएी हुन् ।
अर्को अच्चमको कुरा अहिले ती महिला र सो बालिकाको अवस्था सामान्य छ । तर श्वासप्रश्वासमा केही समस्या भएपछि बालिकालाई अस्पताल भर्ना गरिएको छ।
बंगलादेशको राजधानी ढाकामा रहेको एक अस्पतालमा ती बच्चीको उपचार भैरहेको नवजात शिशुका बाबुले बताएका छन् । दुई वटा टाउकोसहित जन्मिएको शिशुको अहिले सघन उपचार कक्षमा राखेर उपचार भैरहेको छ । छोरी जन्मिएपछि पहिलो पटक देख्दा आफू अचम्ति भएका नवजात शिशुका बाबु जमाल मियाले बताएका छन् ।
दुई वटा टाउको भएको बच्चा जन्मिएको भनेपछि अस्पालमा सो बच्ची हेर्न हजारौं मानिसको भिड समेत लागेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।
२७ कात्तिक २०७२, शुक्रवार १४:१९ बजे प्रकाशित