मोर्चाका कार्यकर्ता तराईमा आगो बाल्दै, ट्रकमा आगजनी

पर्सा, २७ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले विगत तीन महिनादेखिको बन्द र हड्ताल आज भाइटिकाको दिन पनि जारी राखेका छन् ।

उनीहरुले आज वीरगन्जमा एक ट्रकमा आगजानी समेत गदिएका छन् । बन्दअवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले आज बिहान दुई बजेको समयमा वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसनजिकै ना ४ ख ११६९ नम्बको ट्रकमा आगजनी गरेका हुन् ।

मोर्चाका कार्यकर्ताले गरेको आगजनीमा परी ट्रकका चालक बस्ने क्याबिन पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  दुईवटा मोटरसाइकलमा आएका चार युवाले रोकिराखिएको उक्त ट्रकमा आगजनी गरेको प्रहरी नायब उपरीक्षक यादव घर्तिमगरले बताए ।

घटनामा संलग्नहरुको खोजी कार्य भइरेहेको र अहिलेसम्म फेला नपरेको प्रहरीको भनाई छ।

२७ कात्तिक २०७२, शुक्रवार ०८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु