भारतले नेपाल निल्न थाल्यो, तीन विघा अतिक्रमण

कञ्चनपुर, २७ कात्तिक । दोधारा चाँदनी नगरपालिका– ७, कञ्चनभोजस्थित सीमा स्तम्भ नं १७ मुन्सीटोलमा भारतीय नागरिकले नेपाली भूमिमा आवादी गर्दै आएका छन् ।

स्थानीयवासीका अनुसार भारतीय पक्षले विगत लामो समयदेखि करिब तीन बिगाहा जग्गा नेपाली भूमि अतिक्रमण गरेर खेतीपाती गर्दै आएका छन् ।

दोधारा चाँदनी नगरपालिका कञ्चनभोजका स्थानीयवासीलाई पायक पर्ने सीमावर्ती बजार मेलाघाट भएको हुँदा दिनरात सीमावर्ती भारतीय बजार मेलाघाट आवतजावत गर्नैपर्ने भएको हुदाँ उनीहरुले खुलेर सीमा अतिक्रमणको विरोध गर्न नसकेको बताएका छन् ।

स्थलगत भ्रमणका क्रममा करिब तीन बिगाहा नोमेन्सलेन्डलगायत नेपाली भूमि भोगचलन गर्दै आएको देखिएको नेकपा (एमाले) दोधारा चाँदनी गाउँ कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले बताए ।

उहाँका अनुसार भारतको हेपाहा प्रवृत्तिका कारण दोधारा चाँदनीका विभिन्न स्थानमा सीमा समस्या आउने गरेको छ ।
“अहिले साम्य गर्न नसके भोलि यो जटिल विषय बन्छ । तसर्थ जग्गा अतिक्रमणको विषयलाई तत्कालै सरकारले ध्यान पु¥याउनुपर्छ” – स्थानीयवासी रामसिंह खड्काले भने ।

विगत लामो समयदेखि भारतीय पक्षले दशगजा जग्गासहित नेपाली भूमि कब्जा जमाउँदै आएको स्थानीय खड्काले बताएका छन् । स्थानीयवासीका अनुसार भारतीयले मिचेको जग्गामा उखु तथा धानखेती गर्दै आएको बताएका छन् ।

२७ कात्तिक २०७२, शुक्रवार ०७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु