कञ्चनपुरमा साइनबोर्ड नहुँदा विरामीले औषधी पाएनन्

कञ्चनपुर, कात्तिक २७ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– १० मा रहेको आयुर्वेदिक औषधालयमा साइनबोर्ड नहुँदा बिरामी उपचारबाट वञ्चित भएका छन् ।  साइनबोर्ड नहुँदा धेरै सर्वसाधारणलाई औषधालय रहेको भन्ने बारेसमेत जानकारी हुन नसकेको हो ।

औषधालय मुख्य सडकभन्दा भित्रपट्टि रहेकाले बिरामीलाई यसबारे जानकारी नहुँदा सेवा लिन नसकेको स्थानीयवासी रामबहादुर धामीले बताए ।  “कतिपय बिरामी औषधालय रहेको स्थान पत्ता लगाउन नसकेरै घर फर्कने गरेका छन्” – उनले भने ।

नजिकका बिरामीले मात्रै औषधालयको सेवा लिँदै आएका भए पनि टाढाका बिरामी सेवा लिनबाट वञ्चित रहेका छन् ।  आयुर्वेदिक औषधिले शरीरमा रहेको विकारलाई नियन्त्रण गरी पूर्णतया रोगलाई निवारण गर्ने भएकाले बिरामीलाई यसबारे जानकारी हुन नसक्दासमेत औषधालयमा बिरामीको सङ्ख्या बढ्न सकेको छैन ।

साइनबोर्डको व्यवस्था गरिदिन भन्दै महेन्द्रनगरमा रहेको महाकाली अञ्चल आयुर्वेदिक औषधालयमा लिखित र मौखिक रुपमा जानकारी गराउँदासमेत सुनुवाइ हुन नसकेको औषधालयमा कार्यरत वैद्य दिवाकर जोशीले बताए ।

२७ कात्तिक २०७२, शुक्रवार ०७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु