इन्धन मूल्य दोब्बरले बढेपछि प्लेन टिकट तेब्बर !
काठमाडौँ, कात्तिक २३ । स्टक इन्धनको सबै मात्रा सकिएपछि नाम मात्रको विक्रीका लागी भन्दै नेपाल आयल निगमले हवाइ इन्धनको मूल्यमा भारी मुल्य बृद्धि गरेको छ।
निगलमे इन्धनको मूल्यमा वृद्धि गरेपछि आंशिक उडानका लागी आन्तरिक वायुसेवा कम्पनीहरुले भोली मंगलबारदेखि हवाई भाडाले तेब्बरले बृद्धि गरेका छन् ।
भारतको अघोषित नाकाबन्दीका कारण हवाइजहाजबाट इन्धन ल्याउनुपरेको भन्दै आयल निगमले आजदेखि हवाई इन्धनको मूल्य बढाएपछि नीजी आन्तरिक वायुसेवा कम्पनीले मङ्गलबारदेखि लागू हुने गरी हवाइ भाडा बढाएका हुन् ।
यसअघि प्रतिलिटर ११८ रुपैयाँमा बिक्री गर्दै आएको हवाई इन्धनको मूल्य दोब्बर अर्थात झन्डै ३०० अर्थात २३३ पु¥याएको छ । यो मुल्य अझै बढ्न सक्ने निगमको भनाई छ।
इन्धनको मूल्य बढेलगत्तै बसेको वायुसेवा सञ्चालक सङ्घको आज बसेको बैठकले हवाई भाडा पनि बढाउने निर्णय गरेको सिम्रिक एयरका बजार प्रबन्धक प्रज्ज्वल थापाले दाबी गरे ।
२३ कात्तिक २०७२, सोमवार १७:५९ बजे प्रकाशित