हेटौडामा नयाँ शक्ति, मूलुक निर्माण गर्ने दाबी : भट्टराई
हेटौँडा, कात्तिक २३ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकका लागि नयाँ शक्ति निर्माण गर्न लागेको दाबी गरेका छन् ।
प्रगतिशील लेखक सङ्घ मकवानपुरले सोमबार हेटौँडामा आयोजना गरेको ‘नयाँ शक्ति किन रु’ विषयक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि नयाँ शक्ति निर्माण गर्न लागेको जानकारी दिए ।
नयाँ शक्तिको बहसको देश दौडाहाका क्रममा हेटौँडा आइपुगेका भट्टराईले नयाँ शक्ति २१औँ शताब्दीको माक्र्सवादमा आधारित हुने जिकिर गरे ।
पुरानो शक्ति, पुराना सोचका कारण मुलुक निर्माण नभएकाले नयाँ शक्तिको आवश्यकता परेको भट्टराईले उल्लेख गरेका छन् ।
अहिलेको मुलुकको मागअनुसार नयाँ शक्तिको आवश्यकता परेको भन्दै आफू पार्टीबाट अलग भएर नयाँ शक्तिको अभियानमा लागेको जानकारी दिएका छन् ।
अहिलेको अवस्थामा नयाँ शक्ति निर्माण नगरेमा देश खतरामा पर्ने भएकाले यसको अभियानमा आफू लागेको उनको भनाई छ।
दुई देशको शासकका कारण सर्वसाधारण मारमा परेकाले यसलाई चाँडोभन्दा चाँडो निकास दिनुपर्ने उनको भनाइ छ ।
२३ कात्तिक २०७२, सोमवार १७:४७ बजे प्रकाशित