प्रचण्डले भने- “संविधानले औषधि नपाई मर्नुपर्ने”
काठमाडौँ, कात्तिक २२ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताका प्रतिनिधिले नेपालको पक्षमा संविधान बनाएबापत सजाय भोग्नुपर्ने छिमेकीको नीति बुझ्न नसकिएको बताएका छन् ।
निर्मल लामा स्मृति प्रतिष्ठानको दोस्रो साधारणसभाको राजधानीमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालको पक्षमा बोल्दा र नेपाली जनताको पक्षमा निर्णय गर्दा कुनै पनि मुलुकको विरोध गरेको बुझ्न नहुने उल्लेख गर्दै उनले आफूहरु भारतसँग समानताका आधारमा सम्बन्ध स्थापित होस् भन्नेमा रहेको तर सधैँ पेल्नखोजे सहन नसक्ने स्पष्ट पारे ।
वार्ता र सम्बादबाटै नेपालको आन्तरिक समस्याको समाधान हुने उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमाथि परेको सङ्कट समाधान गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न केही समय सङ्कट परे पनि नेपालले पार पाउने विश्वास व्यक्त गरेका छन् ।
२२ कात्तिक २०७२, आइतवार १३:०१ बजे प्रकाशित