ढोकामा विकास र सरकार पुर्याउन चुनाव घोषणाः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको ढोकामा सरकार र विकास पुर्याउनका लागि स्थानीय तहको चुनावको मिति घोषणा गरिएको बताएका छन् । मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान संसोधन र चुनाव सँगसँगै अगाडी बढाइने भएकाले निर्वाचनसँग नझस्कन मधेसी मोर्चाको नाम नलिइकन संकेत गरे । सबै चुनौतिको सामना गर्दै स्वत्न्त्र रुपमा निर्वाचन गर्नेमा जोड दिदै उनले जनताको ढोकामै विकास र सरकार पुर्याउन सम्पन्न गरिने स्थानीय तहको चुनावमा सहभागिता जनाउन मधेसका जनता र राजनीतिक दलहरुलाई विशेष आग्रह गरे । संविधान संसोधन प्रस्तावलाई सरकारले तार्किक निष्कर्षमा पुराउने प्रतिवद्धता जनाउँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनको स्वतन्त्रता र निष्पक्षताका लागि सतप्रतिशत ढुक्क हुन आग्रह गर्दै सरोकारवाला निकायलाई निर्देशन पनि दिए ।
१७ फागुन २०७३, मंगलवार १२:२६ बजे प्रकाशित