सिन्धुपाल्चोकमा ६५ केजी सुन बरामद
मेलम्ची, कात्तिक १६। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले ६५ केजी छ तोला २९ लाल सुन बरामद गरेको छ । जिल्लाका विभिन्न प्रहरी जाँचचौकीबाट गत बर्ष देखि बरामद गर्दै आएको सुनको विवरण सार्वजनिक गरेको हो ।
विभिन्न मितिमा विभिन्न व्यक्तिद्वारा शरीरलगायत विभिन्न सवारीसाधनबाट लुकाइछिपाई तातोपानी नाकाबाट बाह्रबिसे, पाँचखाल हुँदै काठमाडौँ ल्याउने क्रममा तातोपानी, जलवीरे र बाह्रबिसे प्रहरी जाँचचौकीबाट रु २९ करोड १६ लाख २७ हजार १८५ मूल्य बराबरको सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रुपक खड्काले जानकारी दिए ।
तस्करले प्रायःजसो आफ्नो शरीर, तरकारीको बोरा र टायरमा लुकाइछिपाई लाने क्रममा सुन फेला पार्ने गरेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताए ।
१६ कात्तिक २०७२, सोमवार ०८:५३ बजे प्रकाशित