आगामी सुदूरपश्चिम खप्तड गोल्ड कपको राशी दोब्बरले वृद्धि गरिने
धनगढी, १० फागुन । आउँदो २०७४ सालमा धनगढीमा आयोजना हुने सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको लागि पुरस्कार राशी घोषणा गरिएको छ । यसवर्ष प्रतियोगितामा दिइएको भन्दा आगामी वर्षका लागि दोब्बरले पुरस्कार राशी वृद्धि गरेको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जनाएको छ । क्लबका अध्यक्ष सुरेश हमालले गोल्डकपका विजेतालाई नगद ११ लाख ११ हजार १११ र उपविजेतालाई पाँच लाख ५५ हजार ५५५ रुपिया पुरस्कार प्रदान गर्ने जानकारी दिए । गत पुस २१ देखि माघ १ गतेसम्म धनगढीमा भएको प्रथम गोल्डकप प्रतियोगितामा विजेतालाई नगद पाँच लाख र उपविजेतालाई दुई लाख ५१ हजार रुपिया पुरस्कार प्रदान गरिएको थियो । यसवर्ष सिकाईको रुपमा सफलतापूर्वक गोल्डकप प्रतियोगिता सम्पन्न भएकाले अघिल्लो वर्षका लागि पुरस्कार राशी पनि वृद्धि गरेको अध्यक्ष हमालले बताए ।
१० फागुन २०७३, मंगलवार ०४:१५ बजे प्रकाशित