कैलालीमा स्वास्थ्यकर्मीको आन्दोलन जारी

कैलाली, १० फागुन । कैलालीका स्वास्थ्यकर्मी पनि सरकारी स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन । २ महिनादेखि आन्दोलनरत स्वास्थ्यकर्मीले आफनो माग पूरा नभएको भन्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

कैलाली जिल्लाका विभिन्न स्वास्थ्य संस्थाका करिव १ सय भन्दा बढी कर्मचारीले बढुवा मात्रै गराएको तर, सो अनुरुपको जिम्मेवारी नदिदा आफूभन्दा तल्लो तहको कर्मचारीको मातहतमा काम गर्नुपरेको भन्दै जिल्ला जनस्वाथ्य कार्यालयका आईतवारदेखि धर्ना दिईरहेका अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन कैलालीका अध्यक्ष बलबहादुर रावललले बताए । कर्मचारीको आन्दोलनका कारण जनस्वाथ्य कार्यालयको कामकाज त प्रभावित भएको छनै स्वास्थ्य केन्द्रहरुको कामकाज समेत प्रभावित भएको छ ।
कैलाली बाट पत्रकार लोकेश धामीको सहयोगमा

१० फागुन २०७३, मंगलवार ०४:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु