एमालेलाई नीधिको जवाफ : ‘मोदीलाई पत्र बुझाएकै हो’

Bimalendra-Nidhi-e1470919250617काठमाडौँ, १२ भदौँ । प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दुतको रुपमा भारत भ्रमणमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दाहालले लेख्नुभएको पत्रबारे संसदलाई जानकारी गराउनुभएको छ । संसदको आजको बैठकमा मुख्य विपक्षी दल नेकपा एमालेले सो पत्रबारे जानकारी गराउन सरकारसंग माग गरेको थियो । उपप्रधानमन्त्री निधीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष दूत नियुक्त गरेको पत्रमात्रै भारतीय प्रधानमन्त्री मोदीलाई दिएको दावी गर्नुभयो । विगत २ दशक भन्दा बढीदेखि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण नभएकाले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको भ्रमण गर्न निमन्त्रणापत्र पनि दिएको निधिले बताउनुभयो । उपप्रधानमन्त्री निधिले संविधान संशोधनबारे भारतीय प्रधानमन्त्रीसहित अन्य नेताहरुसँग केही पनि कुरा नभएको दाबी गर्नुभयो । संविधान संशोधनबारे भारतसँग कुराकानी गरेको भनेर फैलाइएको हल्ला निराधार भएको उहाँले बताउनुभयो । दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि आफ्नो भारत भ्रमण केन्द्रीत भएको निधिले जानकारी दिनुभयो । उहाँले विशेष दूतका रुपमा आफूले गरेको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार ल्याएको दाबी समेत गर्नुभयो ।
त्यसअघि संसदमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले पत्रबारे जानकारी गराउन माग गर्नुभएको थियो ।

१२ भदौ २०७३, आइतवार १५:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु