काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ४० पुग्यो
काठमाडौँ, ३२ साउन । सोमबार काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली खहरेखोला नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।
घटनास्थलमा नै ३२ जनाको मृत्यु भएको थियो भने थप ८ जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ४० जाना घाइते छन । घाइतेहरुको धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक, काठमाडौँको ट्रमा सेन्टर र शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । पुरानो बसको इञ्जिन बन्द भएपछि ब्रेक नलाग्दा भीरबाट ओरालो चढ्न नसकी बस दुर्घटनाग्रस्त भएको थियो ।
३२ साउन २०७३, मंगलवार १३:२५ बजे प्रकाशित