‘अधुरो’ मन्त्रीपरिषद विस्तार, ५ मन्त्री थपिए

1584702856_MG_0766.JPGकाठमाडौँ, ३० साउन । पार्टीभित्रैबाट चर्को विवाद र आलोचनापछि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक ‘हतार’ मा मन्त्रिपरिषद् विस्तार गरेका छन्।  पार्टीबाट प्रभावशाली मानिएका नेताहरुमा जनार्दन शर्मालाई ऊर्जा, राम (सुरेन्द्र) कार्कीलाई सूचना तथा सञ्चार, हितराज पाण्डेलाई सङ्घीय मामिला तथा स्थानीय विकास, अजयशङ्कर नायकलाई कानुन, न्याय तथा संसदीय मामिला र धनीराम पौडेललाई विना विभागीयको जिम्मेवारी दिइएको छ । पौडेललाई यसअघि शिक्षामन्त्रीको जिम्मेवारी दिइएकोमा शपथग्रहणमा विना विभागीय घोषणा गरिएको थियो । चारैजना मन्त्रीले आइतबार शीतल निवासमा पदको शपथ खाएका छन।

मन्त्रीको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित रहेका थिए । प्रधानमन्त्री दाहालले आइतबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चारजना राज्यमन्त्रीलाई पनि शपथ खुवाउने जनाइएको छ ।

राज्यमन्त्रीमा श्रीप्रसाद जवेगुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा, राधिका तामाङलाई कृषि विकास र धनमाया विकलाई विना विभागीयको शपथ खुवाउन लागिएको हो । यद्यपी साझँसम्म नाम परिवर्तन हुन सक्ने माओवादी श्रोतको दाबी छ । कांग्रेसले नेविसंघको महाधिवेशनका कारण अझै मन्त्रीको नाम पठाउन सकेको छैन । जसका कारण दाहाल सरकार थप आलोचित बन्दै गएको छ ।

३० साउन २०७३, आइतवार १२:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु