भदौमा रिलिज हुने ‘चपली हाइट २’ अष्ट्रेलियामा पनि

काठमार्डौँ – भदौँ ३ बाट नेपालभर प्रदर्शनमा आउन लागेको दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘चपली हाइट– २’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । मिति नै नतोकिएपनि यो फिल्म प्रदर्शनका लागी कुरा भइरहेको निर्माण युनिटले जनाएको छ ।
प्रेम, रोमान्स र सेक्सका बारेमा केन्द्रित फिल्ममा युवा जोडी आयुष्मान देशराज, परमिता राणा र मरिष्का पोखरेलको लिड रोल छ । आयुष्मान र परमिता प्रेमी प्रेमिका हुन ।
‘चपली हाईट –२’ अगष्ट महिना भित्रबाट अष्ट्रेलियाको बिभिन्न शहरहरूमा प्रदर्शन शुरूवात गरिने जनाइएको छ । चलचित्र प्रदशनीको ब्यबस्था नेप्ले ईभेन्टसले गरेको हो ।
३० साउन २०७३, आइतवार १२:४४ बजे प्रकाशित