ट्रम्पले माफी मागे राप्रपा नेपालसंग एकता : राणा
काठमाडौँ, २९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले शक्ति सन्तुलनमा कुरा नमिलेपछि राप्रपा नेपालसंग पार्टी एकता हुन नसकको दाबी गरेका छन । संवाद क्लव नेपालद्धारा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा राप्रपा अध्यक्ष राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापा अनावश्यक आरोप प्रत्यारोपमा उत्रिएको आरोप लगाए ।
उनले कमल थापा नेपालको डोनाल्ड ट्रम्प बनेको आरोप लगाए । कमल थापाले माफी मागे राप्रपा नेपालसँग फेरी एकता प्रकृया सुरु हुने राप्रपा अध्यक्ष राणाको भनाइ छ ।
एक प्रसंगमा अध्यक्ष राणाले भुकम्प पछिको पुननिमार्ण, मद्येश समस्याको समाधान, कालो बजारी/घुसखोरि अन्त्य गर्दै सहज आपूति व्यवस्था र संविधान कार्यान्वयन मुलत यी चार विषय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको भन्दै उनले आपूर्ति मन्त्रालय आफ्नो पार्टीको भागमा परेकाले तत्काल आपूर्ति व्यवस्था सहज बनाएर जनतालाई राहत दिन आफूले आपूर्ति मन्त्री दिपक बोहोरालाई निर्देशन दिएको जिकिर गरे ।
२९ साउन २०७३, शनिवार १२:३८ बजे प्रकाशित