संविधान कार्यान्वयन नगरी संशोधन कसरी हुन्छ ?
काठमाडौँ, २९ साउन । एमाले उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयन नभएसम्म संसोधन गर्न नसकिने बताएका छन । कास्कीमा शनिबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष गौतमले संविधान कार्यान्वयन नभएसम्म संविधानको कुनैपनि धारा परिवर्तन र प्रदेशको सिमांकनबारे तलमाथी नहुने चेतावनी दिए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलबीच भएको संविधान संशोधनको सहमतिप्रति लक्षित गर्दै उनले संसदमा संविधान संसोधनका लागि प्रस्ताव पेश भएमा त्यसको विपक्षमा आफुहरु उभिने बताए । नेपालमा कार्यकारी राष्ट्रपतीय शासन आवश्यक रहेको भन्दै एमाले उपाध्यक्ष गौतमले एमाले कार्यकारी राष्ट्रपति शासनको पक्षमा रहेको बताए ।
कांग्रेस र माओवादी केन्द्रले एमाले नेतृत्वको सरकार कुनै तथ्यगत आरोपबिना नै गिराएको उपाध्यक्ष गौतमले दाबी गरे । जायज कुरालाइ समर्थन गर्न एमाले तयार रहेको भन्दै उहाँले देश टुक्राउनेबारे कुनै सम्झौता हुन नसक्ने टिप्पणी गरे ।
२९ साउन २०७३, शनिवार १२:३४ बजे प्रकाशित