नेविसंघ महाधिवेसनले आशुँ निकाल्यो, प्रतिनीधि निराश
काठमाडौँ, २९ साउन । प्रतिनिधि विवादका कारण नेपाल विद्यार्थी संघको महाधिवेशन लम्बिदै गएपछि विभिन्न जिल्लाबाट काठमाडौँ आएका प्रतिनिधिहरु निराश बनेका छन् । भृकुटीमण्डपमा देखिएको उत्साह पार्टी कार्यालय सानेपा पुग्दासम्म सेलाएको हो ।
प्रतिनिधिहरुको चहलपहलमा समेत कमी आएको छ । नेतृत्वतहमा देखिएको विवादले महाधिवेशका कार्यक्रमहरु अघि बढ्न नसकेपछि कतिपय प्रतिनिधि घर फर्कन थालेका छन् । गत आइतवार उद्घाटन भएको महाधिवेशन, प्रतिनिधि विवादका कारण रोकिएको छ ।
हिजो प्रतिनिधि सूची सार्वजनिक गरेर आज मनोनयन दर्ता र भोलि निर्वाचन हुने बताउँदै आएको महाधिवेसन निर्वाचन समितिले अहिलेसम्म पनि प्रतिनिधि सूची सार्वजनिक गर्न सकेको छैन । निर्वाचन समितिका अनुसार आज प्रतिनिधि सूची सार्वजनिक गर्ने, भोलि मनोनयन दर्ता गरेर पर्सी सिधै कार्य समितिको निर्वाचनमा जाने तयारी गरिएको छ ।
२९ साउन २०७३, शनिवार ११:३८ बजे प्रकाशित