भूकम्पपीडितका खातामा पैसा जम्मा गर्न शुरु

EQNPL-2काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण घर भत्किएकामध्ये ४५ हजार घरधनिलाई आवास अनुदानबापत पहिलो किस्ताको ५० हजार रुपैयाँ वितरण गरिसकेको जनाएको छ ।
पहिलो किस्तावापतको रकम पाउन बाँकी लाभग्राहीहरुलाई पनि हिजोबाट अनुदान वितरण गर्न सुरु गरिएको छ । चैतको अन्तिमसाताबाट सुरु भएको अनुदान वितरण प्रक्रिया ४२ हजार पीडितलाई वितरण गरिएपछि स्थगित भएको थियो । पुरानो रकम सकिएको र नयाँ आर्थिक वर्षको रकम अख्तियारी आउन ढिलाई भएकोले अनुदान रकम वितरण गर्न केही समय रोकिएको थियो ।

प्राधिकरणका सहप्रवक्ता भिष्म भुसालका अनुसार हिजोमात्र तीन हजार पीडितको बैंकमा अनुदान रकम जम्मा गरिएको छ । हिजो करिब २० हजार लाभग्राहीको खातामा अनुदान रकम जम्मा गर्ने लक्ष्य राखिएपनि कोष तथा लेखा नियन्त्रकको कार्यालयको सिस्टममा खरावी आएकोले तीन हाजरले मात्रै अनुदान रकम पाएको भुसालले जानकारी दिए । ५ लाख ३३ हजार पीडितमध्ये ४५ हजारलाई वितरण गरिएको र भोलि बाट एक महिनाभित्र सबै लाभग्राहीको बैंक खातामा पहिलो किस्ता बापतको रकम जम्मा गरिसक्ने प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो किस्ताको अनुदान रकम ४५ दिन भित्र वितरण गरिसक्न निर्देशन दिएपछि प्राधिकरणले वितरण कार्यलाई तिव्रता दिएको छ ।

२९ साउन २०७३, शनिवार ११:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु