माओवादी–कांग्रेस गठबन्धन सरकार धेरै दिन टिक्दैन : ओली
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट निर्माण भएको सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन । पार्टी केन्द्रीय स्कुल विभागले आज कठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन क्रममा ओलीले यस्तो बताएका हुन ।
भारतको बढ्दो हस्तक्षेपप्रति लक्षित गर्दै ओलीले यो गठबन्धनले संविधान कार्यान्वयन गर्न नसक्ने आरोप समेत लगाउनु भयो । संविधान कार्यान्वयनलाई असफल पार्न आफने नेतृत्वको सरकारलाई हटाएको दाबी गर्दै ओलीले माओवादी र काँग्रेसले सहमतिको राजनीतिलाई भत्काएर मुलुकलाई गलत दिशातर्फ धकेलेको पनि जिकिर गरे ।
आफू नेतृत्वको सरकारले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएर लागेपछि त्यसबाट अत्तालिएर माओवादी र काँग्रेसले विदेशी सहयोगमा आफ्नो सरकार ढालेको समेत दाबी गरे । संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रका विरुद्ध एमाले पार्टीका सबै संयन्त्र परिचालन गरिने पनि पूर्वप्रधानमन्त्री ओलीको भनाई थियो ।
२९ साउन २०७३, शनिवार ११:२४ बजे प्रकाशित