अनिल झाको मोर्चा वार्तामा बस्यो

काठमाडौँ, ९ कात्तिक । सरकार र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा नेतृत्वको सङ्घीय मधेसी मोर्चाबीच आइतबार वार्ता भएको छ ।

सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले पछिल्लो पटक मधेसमा भइरहेको आन्दोलनबारे समाधान खोज्न वार्ता कमिटी गठन गरी वार्ता गर्ने सहमति भएको छ ।

वार्तामा सरकारकोतर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र विनाविभागीयमन्त्री रामजनम चौधरी र मोर्चाकोतर्फबाट मोर्चाका संयोजक अनिल झासहित लोक दलका अध्यक्ष कौशलकुमार सिंह र बहुजन समाज पार्टीका अध्यक्ष गंगाप्रसाद महराको सहभागिता थियो ।

बैठकपछि संयोजक झाले ७२ दिनसम्म मधेसमा आन्दोलन हुँदासमेत सरकारले आन्दोलनप्रति कुनै चासो नदेखाएको भन्दै गुनासो गरेका थिए ।

९ कात्तिक २०७२, सोमवार ०१:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु