योजना आयोगकाहरुद्धारा राजीनामा
काठमाडौँ, ९ कात्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले आइतबार सामूहिक राजीनामा दिएका छन् ।
आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले, भारतेन्दु मिश्र, यज्ञबहादुर कार्की, डा गोविन्द नेपाल, चन्द्रमणि अधिकारी, प्रेम दंगाल र विमला राईलगायत सबै सदस्यहरूले आज प्रधानमन्त्री कार्यालयमा राजीनामा पेस गरेको सदस्य डा गोविन्द नेपालले जानकारी दिए ।
नयाँ सरकार गठन भइसकेको अवस्थामा नयाँ सरकारलाई काम गर्न सहज बनाउनका लागि आयोगको बैठक बसेर निर्णय गरी राजीनामा दिएको उनको भनाइ छ । आयोगले सरकारलाई आर्थिक नीति तथा कार्यक्रम, योजनालगायतका विषयमा सुझाव दिने गर्दछ ।
९ कात्तिक २०७२, सोमवार ०१:३९ बजे प्रकाशित